२०८३, २ असार बुधबार

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको पहिलो बिगुल फुक्ने काम सञ्चार माध्यमले नै गरेको भन्दै सही सूचना दिएर जनतालाई उत्प्रेरित गरिरहन सुझाव दिनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण ९पिएसबी० को मंगलबार पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले नेपालमा सार्वजनिक प्रसारण संस्था रेडियो नेपालले लोकतन्त्रको बिगुल फुक्ने काम गरेको स्मरण गर्दै ती संस्थाहरू केही समयपछि नै सत्तामा रहेको व्यक्तिको चाकरी गर्ने संस्था बन्न पुगेका बताउनुभयो ।

‘सार्वजनिक संस्थालाई सार्वजनिक संस्थाको नीतिअनुसार चलाउन नसक्दा यो सत्ताको तावेदारी गर्ने, निश्चित व्यक्तिहरूको तावेदारी गर्ने, चाकरी गर्ने संस्थाको रूपमा विकास भयो यो,’ मन्त्री गुरुङले भन्नुभयो । त्यस्तो राम्रो काम गरेको रेडियो नेपाल ३० वर्षसम्म पञ्चायतको चाकरी गर्ने संस्थाको रूपमा विकास भएको उहाँले बताउनुभयो । बहुदल आएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता संस्थाहरूले सोचेजस्तो काम गर्न नसेकेका पनि मन्त्री गुरुङको भनाई थियो ।

उहाँले केपी ओली प्रधानमन्त्री भएपछि सार्वजनिक सेवा प्रसारण ९पिएसबी० बनेकोले अब ती संस्थाले लक्ष अनुसारको काम गर्नुपर्ने बताउनु भयो । सार्वजनिक प्रसारण सेवा नेपालका सबै घरमा देखिने र सुनिने हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्छ भन्ने विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।

पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अरू मिडियाले झैँ नाफा कमाउन नभई पिएसबीले सेवा प्रदानलाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँको जोड थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण ९पिएसबी० संस्थाको दिगोपनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पिएसबी ऐनको पूर्ण कार्यान्वयनका लागि आवश्यक नीति नियम तयार गर्न मन्त्रालय लागि परेको उहाँले बताउनुभयो ।

पिएसबीका अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण विपदको सारथी र समृद्ध राष्ट्र निर्माणको सम्वाहकको रूपमा रहने प्रतिवद्धता जनाउनु भयो । पिएसबी नेपालको मुख्य प्राथमिकतामा राष्ट्र निर्माणमा सहयोग गर्ने रहेको पनि अध्यक्ष बिष्टले प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति : २०८१, १ माघ मंगलबार  ४ : ५९ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई