२०८२, २ कार्तिक शनिबार

बागमती गोल्डकप फाल्गुन १ गतेबाट

बागमती गोल्डकप फाल्गुन १ गतेबाट


हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय  फुटबल प्रतियोगिता आगामी  फागुन १ गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिता बागमती –४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रङ्गशालामा हुने आयोजकले जनाएको छ । यस अघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।

प्रतियोगितामा प्रथम टिमले नगद  १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले बताए । प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ ।  फागुन १ गतेदेखि  १० गतेसम्म प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगितामा ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट  खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैयाँसहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताए। 

फुटबल खेलको प्रवद्धनका लागि लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

अध्यक्ष घलानले व्यवसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्षदेखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पारे । यस अघिको छैटौ) संस्करणको उपाधी मछेन्द्र युथ क्लव काठमाडौंले जितेको थियो । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला  फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल वाड अध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : २०८१, २९ पुस सोमबार  ९ : ०५ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी