२०८२, १७ पुस बिहीबार

राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश

राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।  

सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्धाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरु अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवम् मुद्धाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए ।

‘तथापी मुद्धाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण हुन्छ भन्ने म ठान्दछु, त्यसैले कसुरदारलाई सजाय दिने तर्फमात्र होइन पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने कुराको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी हो ’, राष्ट्रपति पौडेलले भने ।

उनले नेपालको संविधानको मौलिक हकमा अपराध पीडितको हक सुनिश्चित गरेको सन्दर्भमा त्यस्तो हकको रक्षाको लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्तको कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गरे । सो अवसरमा महान्यायाधिवक्त बडालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१, २८ पुस आईतबार  ८ : १८ बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास