२०८३, २९ जेष्ठ शनिबार

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल


सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी दुर्गाराज पौडेललाई पुनः अध्यक्षमा निर्वार्चित गरेको छ ।
मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्था मानवअधिकार एलायन्सको आज सिन्धुलीमाढीमा आयोजित छैठौं जिल्ला अधिवेशनले उपाध्यक्षमा केआर विजय, सचिवमा उज्वल न्यौपाने, कोषाध्यक्षमा सरस्वती बुढाथोकी र सदस्यहरुले धनकुमारी तामाङ, मिना आचार्य, सुरवहादुर बम्जन, सरिता राई र सावित्रा रिजाल चयन हुनुभएको निर्वाचन मण्डलका सदस्य कृष्णहरु घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिमान कार्कीले मानवअधिकार एलायन्सले सशस्त्र द्धन्द्धका समयमा खेलेको भूमिकाको प्रशंसागर्दै मानवअधिकार पनि वर्गीय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् संस्कृति विभाग प्रमुख रस्मिला देवकोटाले मानवअधिकार रक्षा सबैको सरोकारको विषय भएको बताउनुभयो ।
नेकपा एमाले सिन्धुलीका सचिव नवराज थिङले नेकपा एमालेले मात्रै मानवअधिकारका सम्पूर्ण प्रावधानलाई पूर्ण रुपमा अंगीकार गरेको बताउँदै मानवअधिकार रक्षाका लागि एलायन्सका निर्वाचित पदाधिकारीले आफ्‌नो दक्षतालाई व्यवहारमा प्रयोग गर्न सुझाब दिनुभयो ।
कार्यक्रममा वोल्दै मानवअधिकार एलायन्स इन्चार्ज कृष्णहरी घिमिरेले हिंसात्मक द्धन्द्धका समयमा भएको गंभीर मानवअधिकार उलंघनका घटनाहरुमा संलग्नहरुलाई दण्डित गर्नुको साटो उन्मुक्ति दिने षडयन्त्र भएको बताउँदै वेपत्ता, अंगभंग र हत्या गरिएका नागरिकहरुको पिडालाई भुल्न नहुने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेकी उपसचिव पार्वती भट्टराईले समेत सम्वोधन गर्नुभएको थियो भने सञ्चालन प्रमोद तिमल्सिनाले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८१, २७ पुस शनिबार  ९ : ४१ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको