२०८२, ३० आश्विन बिहीबार

सिन्धुलीको गाँजा उत्पादक किसानबाट ७० लाख रकम असुली, संरक्षणका लागि सांसद दाहालदेखी सबैलाई भाग शान्ति !

सिन्धुलीको गाँजा उत्पादक किसानबाट ७० लाख रकम असुली, संरक्षणका लागि सांसद दाहालदेखी सबैलाई भाग शान्ति !



सिन्धुली: मकवानपुरसँग सिमा जोडिएको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित गाँजा उत्पादक किसानहरुबाट मोटो रकम असुली गरेर संरक्षण गर्ने निकायसम्म पु¥याउन लागिएको छ ।
समयवद्धलाई प्राप्त बिबरण अनुसार ५ जना गाँजा उत्पादक मोक्तान, थिङ, गोले र तामाङ थरका किसानहरुकै अगुवाइमा क्यानशिर क्षेत्रबाट प्रतिव्यक्ति ४ हजारका दरले रकम असुली गरेका छन् । यसरी उठाएको रकम गाँजाको संरक्षणका लागि खर्च गर्न लागिएको हो । सबै किसानहरुबाट उठाइएको सो रकम ७० हजार बरावर रहेको ती किसानले दाबी गरेका छन् ।  
हरिहरपुरगढीको अन्य क्षेत्र भुताहा, आरनटोल, सिसौदमार, बन्चरे लगायतका क्षेत्रमा लगाइएको गाँजा खेतीमा क्षेत्रमा भने यो समाचार तयारपार्दासम्म
प्रहरीहरु फँडानीका लागि पुगेका छैनन् । आफूहरुले लगाएको गाँजा जोगाउनका लागि भन्दै प्रति किसान ४ हजार रुपैयाँ उठाएर पठाइएपछि  अब गाउँमा प्रहरीहरु नआउने कुरामा स्थानीय ढुक्क बनेका छन् ।
पाँच जनाले उठाएको उक्त रकम सांसद राजन दाहाल प्रमुख जिल्ला अधिकारी, इलाका प्रहरी कार्यालय कपिलाकोट र त्यस क्षेत्रका संघीय माननीयलाई बुझाउने उनीरुले बताउँदै आएका छन् । मध्य मंसिरमा मात्रै प्रहरी पुगेर ३ विघा क्षेत्रफलमा गाँजा फँडानी गरेर फर्किएको थियो । अबको केही समयपछि गाँजा काट्ने समय हुने भएकाले पनि गाँजाका व्यापारीहरुले पैसा उठाएर प्रशासनलाई बुझाउने तयारी गरेका हुन् ।
गाँजा नियन्त्रणका लागि प्रयास गर्ने अधिकारीहरुनै किसानहरुबाट जर्वजस्ती उठाइएको रकमको भाग शान्तिमा मिलेपछि स्थानीय वासिन्दा अतम्मित बनेका छन् ।
स्थानीयका अनुसार गत वर्ष पनि यसै समयमा किसानहरुबाट ४ हजारको दरले रकम उठाएर प्रशासन मिलाइएको थियो भने सोही गाउँमा पुगेर तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख वास बसेर फर्किएका थिए । सो विवरण राष्ट्रिय अनुसन्धान विभागले गृहमा पठाएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको थियो ।

प्रकाशित मिति : २०८१, २६ पुस शुक्रबार  १० : ०७ बजे

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता : नेपालका परियोजना प्रगति र चुनौतीमा छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंक (एडीबी)

आज विश्व खाद्य दिवस : ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’

काठमाडौं । विश्वभर आज (बिहीबार) ४५ औँ विश्व खाद्य दिवस

१७ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निर्माणमा प्रतिबन्ध

काठमाडौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।