२०८३, १३ कार्तिक शुक्रबार

राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन

राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन


काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। बुधबार एक विशेष कार्यक्रमकाबीच बिमा कम्पनीले आफ्नो वार्षिक साधारण सभामा दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । दोस्रो वार्षिक प्रतिवेदनमा ६ वटा सामान्य प्रस्तावहरु पारित भएका छन् ।
यस्ता छन् ६ वटा सामान्य प्रस्तावहरु
(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३÷७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित भएको छ ।
(२) राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३÷७४ र आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित ।
(३) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक बर्ष २०७४/७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने ।
(४) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५÷७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने ।
(५) सञ्चालकहरूको आर्थिक वर्ष २०७३÷२०७४ र २०७४÷७५ को बैठक भत्ता एवं सुविधाहरू अनुमोदन ।
(६) सञ्चालकहरूको बैठक भत्ता रु. ६,००० तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक रु १२,००० प्रदान गर्न स्वीकृत ।

प्रकाशित मिति : २०८१, २४ पुस बुधबार  ४ : ३४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित