२०८२, १८ असार बुधबार

शीतलहरले राजमार्गमा सवारी आवागमन प्रभावित

शीतलहरले राजमार्गमा सवारी आवागमन प्रभावित


काठमाडौं: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा सवारी आवागमन प्रभावित भएको छ ।

मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए ।

यो सूचना पाएपछि राति नै सो क्षेत्रमा प्रहरी टोली खटाइएको थियो । डिएसपी रेशम बोहराका अनुसार आज बिहानपख सवा ३ बजेतिर एकतर्फी सवारी साधन सञ्चालन भएका थिए । तर, अहिले पनि बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक  असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

तर, महाशाखाले शीतलहर चलेको घोषणा भने गरिसकेको छैन ।

प्रकाशित मिति : २०८१, २४ पुस बुधबार  ७ : २८ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर