२०८३, २० आश्विन बुधबार

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना



काठमाडौं ।
नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले आफ्नो धर्ना तोडेका छन् ।
नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहेका चापागाईंले सोमबार शिक्षामन्त्री विद्या भट्टराईको भेटपछि धर्ना तोडेका हुन् ।
शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई माइतीघर मण्डला गएकी थिइन् । चापागाईंलाई भेटेपछि मन्त्री भट्टराईले सबै मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
उनले भनिन् ,‘तपाईंले गरेका धेरै मागहरु सम्बोधन गर्न सकिने छन् । सरकारले पूरा गर्ने छ । मैले यो सब बोल्नको लागि मात्र बोलेको होइन । केही कुराहरु कार्यदल बनाएर सुरु भैइसकेका छन् । कार्यदलले दिएको सिफारिसका आधारमा आउने बजेटमा नीति कार्यक्रमहरुलाई लगेर जान्छु । मैले गरेका कुराहरु भए की भएन भनेर भोली जवाफदेहिता खोज्ने अधिकार मसँग रहन्छ । मन्त्री हुँदा कार्यान्वयन गर्छु, भएन भने पनि संसदमा रहन्छु र सरकारलाई काम गर्नको लागि अगाडि बढाउछु ।’
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।
विद्यार्थीको छात्रवृत्ति पाँच हजार बनाउनुपर्ने, विद्यालयमा सय युनिट बिजुली र पानी निशुल्क गर्नुपर्ने उनको माग थियो । यसैगरी उनले विद्यार्थी, शिक्षक र कर्मचारीसँग सम्बन्धित सार्वजनिक शिक्षा सुधारका १५ सुत्रीय माग राखेका थिए ।

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  १० : ३७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको