२०८२, २२ पुस मंगलबार

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना



काठमाडौं ।
नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले आफ्नो धर्ना तोडेका छन् ।
नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहेका चापागाईंले सोमबार शिक्षामन्त्री विद्या भट्टराईको भेटपछि धर्ना तोडेका हुन् ।
शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई माइतीघर मण्डला गएकी थिइन् । चापागाईंलाई भेटेपछि मन्त्री भट्टराईले सबै मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
उनले भनिन् ,‘तपाईंले गरेका धेरै मागहरु सम्बोधन गर्न सकिने छन् । सरकारले पूरा गर्ने छ । मैले यो सब बोल्नको लागि मात्र बोलेको होइन । केही कुराहरु कार्यदल बनाएर सुरु भैइसकेका छन् । कार्यदलले दिएको सिफारिसका आधारमा आउने बजेटमा नीति कार्यक्रमहरुलाई लगेर जान्छु । मैले गरेका कुराहरु भए की भएन भनेर भोली जवाफदेहिता खोज्ने अधिकार मसँग रहन्छ । मन्त्री हुँदा कार्यान्वयन गर्छु, भएन भने पनि संसदमा रहन्छु र सरकारलाई काम गर्नको लागि अगाडि बढाउछु ।’
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।
विद्यार्थीको छात्रवृत्ति पाँच हजार बनाउनुपर्ने, विद्यालयमा सय युनिट बिजुली र पानी निशुल्क गर्नुपर्ने उनको माग थियो । यसैगरी उनले विद्यार्थी, शिक्षक र कर्मचारीसँग सम्बन्धित सार्वजनिक शिक्षा सुधारका १५ सुत्रीय माग राखेका थिए ।

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  १० : ३७ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय