२०८२, २१ असार शनिबार

मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया तत्काल सुरु हुने

मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया तत्काल सुरु हुने


रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली अस्पताललाई वाग्मती प्रदेशको प्रादेशिक अस्पताल बनाउन मन्थली नगरपालिकाले माग गरेको छ ।

मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिकाले साझेदारी गर्ने गरी मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाइदिन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरलाई अनुरोध गरे । प्रदेश सरकारले मन्थली अस्पताललाई मेडिकल अफिसर, नर्स लगायतका जनशक्ति पठाएको भन्दै उनले धन्यवाद दिए । नगर ५ देखि ७५ प्रतिशतसम्म लगानी गर्न परे पनि तयार भएको भन्दै उनले अस्पताललाई भने प्रादेशिक अस्पतालको रूपमा ग्रहण गरिदिन आग्रह गरे ।

मन्थली अस्पतालको नयाँ भवन बनिसकेको बताउँदै उनले नयाँ भवनमा अस्पताल सर्दा प्रादेशिक अस्पतालको बोर्ड राख्ने गरी व्यवस्था मिलाई दिन उनले प्रदेश मन्त्री मगरलाई अनुरोध गरे । कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री मगरले मन्थली नगरपालिकाले मात्र यति ठूलो अस्पताल सञ्चालन गर्न नसक्ने बताउँदै मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउन आफूले पहल गर्ने बताए ।

‘अस्पतालको चापलाई मध्यनजर गरेर जतिसक्दो चाँडो वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले नै प्रादेशिक अस्पतालको रूपमा यो अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने । यसअघि मन्त्री मगरले मन्थली नग अस्पतालको अवलोकन गरेका थिए । सो क्रममा मन्थली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशवसिंह धामीले अस्पतालको अहिलेको अवस्था, सञ्चालित सेवा र चुनौतीको बारेमा जानकारी दिएका थिए । बिरामीको अधिक चाप भएकोले काम गर्न निक्कै कठिन भएको उनले अवगत गराए ।

कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल लगायतका नेताहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  २ : १२ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न