२०८३, ५ बैशाख आईतबार

रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस

रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस


पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन।
जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्।
यस अघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी एमाले नेत्री एबम गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ।
यसैबीच रबि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून ब्यनासायी यज्ञमणि न्यौपानेले सहकारी पिडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलाशमा कुरा उठ्न थालेको बताएका छन्।
सहकारी पिडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पिडितहरुले आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गैरहेको बारे इजलाशमा छलफल भएको अधिबक्ता न्यौपानेले बताए।
अहिले रबि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दाका कारण सहकारी पिडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून ब्यबसायीहरुले बताउदै आएका छन्।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा रबि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलाशमा बहस चलिरहदा उनका शुभचिन्तकहरु भने सर्वासाधारणले रकम उठाएर भए पनि लामिछानेलाई लाग्ने धरौटी बुझाउन तयार रहेको बताउन थालेका छन्।
अर्कातिर रबि लामिछानेलाई जसरी पनि जेलमा कोच्ने गरी अदालतमा बहस गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री जिता बरालले ती कानून ब्यबसायिहरु प्रति आक्रोशित पोखेकी छिन।

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  १ : ५७ बजे

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

सल्यान । जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान