२०८२, १८ असार बुधबार

दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै

दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै


एजेन्सी । दक्षिण कोरियाका अपदस्त राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ ।
लामो संघर्षपछि निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएपछि पक्ष र विपक्षमा सडकमा मानिसहरुले प्रदर्शन गरिरहेका छन् ।
चिसो मौसमको बावजुद, स्थानीयहरूको ठूलो भीडले देशको दक्षिणपूर्वको सहर डेगुमा प्रदर्शन गरेको छ । उनीहरुले संवैधानिक अदालतले युनको महाभियोग मुद्दा पारित गर्न माग गरेका छन् ।
युनमाथि शक्तिको दुरुपायोग गरेको र मार्सल कानुन लागु गर्न खोजेको भन्दै महाअभियोग प्रस्ताव संसदमा पुगेपछि निलम्बित छन् । तर संसदको महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्ने भएकाले महाअभियोग पारित हुनुपर्छ माग बढेको हो ।
सरकारी अधिकारीहरू र युनको महाभियोगको लागि दबाब दिनेहरू बीचको तनाव बढ्दै गएकाले गहिरो राजनीतिक संकट निम्तिदै गएको छ ।
युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो रोकेको आरोप लागेको छ । पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ ।
सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।
अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो । तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्न असमर्थ भएको थियो । (सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८१, २१ पुस आईतबार  १ : ३० बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर