२०८२, ५ माघ सोमबार

समर्थकको अवरोधका कारण कोरियाका अपदस्थ राष्ट्रपति पक्राउ असफल

समर्थकको अवरोधका कारण कोरियाका अपदस्थ राष्ट्रपति पक्राउ असफल


एजेन्सी । विभिन्न अवरोधका कारण दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्ने प्रयास तत्कालका लागि स्थगित भएको छ ।

जसका कारण सोलमा रहेको राष्ट्रपतिको निवासमा अनुसन्धानकर्ताहरूले ठूलो प्रतिरोधको सामना गरेपछि नियन्त्रणमा लिने प्रयास असफल भएको हो ।

उनलाई पक्राउ गर्न भनेर पुगेका अनुसन्धाताहरूलाई ६ घन्टासम्म पनि येओलका सुरक्षा टोलीले भित्र छिर्न नदिएपछि पक्राउको प्रयास असफल भएको हो ।

अभियोजक र अन्वेषकहरूको समूह अल्पकालीन मार्शल कानून घोषणामा महाभियोग लगाइएको राष्ट्रपतिलाई गिरफ्तार गर्न गएको थियो । तर राष्ट्रपति सुरक्षा सेवा एजेन्टहरूसँगको टकरावपछि, उनीहरूले  गिरफ्तारी प्रयास रोकेका थिए ।

उच्च पदाधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)का अनुसार निरन्तरको टकरावले युन विरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गर्न असम्भव भएको छ ।

डिसेम्बर ३ मा ६ घन्टा मार्शल लगाउने येओलको प्रयासमाथि सीआईओले छानबिन गरिरहेको छ । येओलले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको जनाएको । येओलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन् ।

‘आज बिहान युनका समर्थकहरू केही सयको संख्यामा मात्र थिए । तर जब प्रहरी निवासको नजिक गयो त्यसपछि भीड बढेको थियो । वारेन्ट म्याद सकिन लागेको छ । सोमबार म्याद सकिनेछ । १२० जना प्रहरी र भ्रष्टाचार अनुसन्धान कार्यालयका चारजना वरिष्ठ अधिकारीसहित गएकाहरु राष्ट्रपति सुरक्षा गार्डद्वारा रोकिएको छ,’ चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)संवाददाता ज्याक बार्टनले शुक्रबार घटनास्थलबाट भने ।

युनका समर्थकहरूले बिहीबारदेखि नै राष्ट्रपति निवास वरिपरि चर्को श्रपमा जुलुस गरिरहेका छन् र प्रहरीले भीडलाई तितरबितर पार्ने प्रयास पारिरहेको छ । शुक्रबार गिरफ्तारीको प्रयास त्यागेपछि, सीआईओले  समीक्षापछि भविष्यका उपायहरूको बारेमा निर्णय गर्ने बताएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८१, १९ पुस शुक्रबार  ७ : ०८ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा