२०८२, ६ बैशाख शनिबार

माओवादी सांसद दाहाल प्रमुख अतिथी बनेपछि कांग्रेस-एमाले र माओवादीको संस्थापन पक्षले गर्यो कार्यक्रम बहिस्कार

माओवादी सांसद दाहाल प्रमुख अतिथी बनेपछि कांग्रेस-एमाले र माओवादीको संस्थापन पक्षले गर्यो कार्यक्रम बहिस्कार

गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोह


सिन्धुलीः सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई प्रमुख तीन दलले बहिस्कार गरेकाछन् ।
आज बिहिबार मरिण गाउँपालिका ६ स्थित मावि कपिलाकोटमा भएको उद्घाटन समारोहको प्रमुख अतिथी संघीय माननीय राजन दाहाललाई बनाएपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले सो कार्यक्रम बहिस्कार गरेको थाहा लागेको छ ।
कार्यक्रमममा आयोजक गाउँपालिकाले नेपाली कांग्रेस-एमाले र माओवादी केन्द्रलाई औपचारिक रुपमा आतिथ्यताका लागि पत्राचार गरेको थियो । हिजो बुधवार साँझ सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले नेताहरुका बीचको छलफलपछि दाहाल प्रमुख अतिथि हुने कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका थिए । सो कार्यक्रममा माओवादी केन्द्रको संस्थापन पक्षले पनि बहिस्कार गरेपछि त्यसले चर्चा पाएको हो ।
स्मरणीय छः गत वर्ष तत्कालिन माओवादी अभियानका जिल्ला संयोजक महेश्वर दाहाललाई दाहाल पत्नी दिपा दाहाल र पुकार न्यौपानेले आक्रमणको प्रयास गरेको तथ्य बाहिरिएपछि मरिण पालिका कमिटीको पूर्ण बैठकले उनीहरुलाई पार्टीको कुनै पनि कार्यक्रममा आमन्त्रण नगर्ने निर्णय गरेको थियो । सो नर्णयमा पालिका प्रमुख प्रख्यात मुक्तानसमेतले हस्ताक्षर गरेका थिए । आफैंले निर्णय गर्ने र सोही निर्णयको उलंघनगर्दै सांसद दाहाललाई प्रमुख अतिथी बनाएपछि माओवादीको संस्थापन पक्षले कार्यक्रम बहिस्कार गरेको बताइएको छ ।
सो प्रतियोगिताको उद्घाटन गर्दै दाहालले शारिरिक रुपमा स्वस्थ हुनेहरुनै मानसिक रुपमा स्वस्त हुने बताउँदै प्रतियोगिताले बालबालिकाहरुमा खेलको माध्यमबाट राष्ट्रप्रति समर्पीत हुन उत्प्रेरणा गर्ने बताएका थिए ।
यस्तै मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले गाउँपालिकाको शैक्षिक जगतलाईनै माथि उठाउने गरी छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताए ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाराज शर्माले कुनैपनि देशको विकास र समृद्धिको रुपमा नागरीकहरुमा शारिरिक रुपमा स्वस्थ हुनुका साथै मानसिक रुपमा पनि स्वस्थ हुन जरुरी रहेको भन्दै त्यसका लागि अनुशासन सहित खेल क्षेत्रबाट विद्यार्थीहरुमा सहयोग पु¥याउने बताए ।
केही दिन अगाडि सिन्धुलीमा सम्पन्न एमाले जिल्ला कमिटी बैठकले सांसद दाहालको अराजकता बिरुद्धका गतिविधीको खुलेर प्रतिवाद गर्ने निर्णय गरेको थियो । सांसद दाहालले एमाले अध्यक्ष एव्म पार्टीका विरुद्ध गलत अभिव्यक्ति दिएर सांसद पदकै अपमान गरेकाले एमालेले उनको अराजनैतिक गतिविधको प्रतिरोध गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख कर्ण घिसिङले बताए ।

प्रकाशित मिति : २०८१, ११ पुस बिहीबार  ७ : ४३ बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका