२०८३, २७ भाद्र आईतबार

माओवादी सांसद दाहाल प्रमुख अतिथी बनेपछि कांग्रेस-एमाले र माओवादीको संस्थापन पक्षले गर्यो कार्यक्रम बहिस्कार

माओवादी सांसद दाहाल प्रमुख अतिथी बनेपछि कांग्रेस-एमाले र माओवादीको संस्थापन पक्षले गर्यो कार्यक्रम बहिस्कार

गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोह


सिन्धुलीः सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई प्रमुख तीन दलले बहिस्कार गरेकाछन् ।
आज बिहिबार मरिण गाउँपालिका ६ स्थित मावि कपिलाकोटमा भएको उद्घाटन समारोहको प्रमुख अतिथी संघीय माननीय राजन दाहाललाई बनाएपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले सो कार्यक्रम बहिस्कार गरेको थाहा लागेको छ ।
कार्यक्रमममा आयोजक गाउँपालिकाले नेपाली कांग्रेस-एमाले र माओवादी केन्द्रलाई औपचारिक रुपमा आतिथ्यताका लागि पत्राचार गरेको थियो । हिजो बुधवार साँझ सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले नेताहरुका बीचको छलफलपछि दाहाल प्रमुख अतिथि हुने कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका थिए । सो कार्यक्रममा माओवादी केन्द्रको संस्थापन पक्षले पनि बहिस्कार गरेपछि त्यसले चर्चा पाएको हो ।
स्मरणीय छः गत वर्ष तत्कालिन माओवादी अभियानका जिल्ला संयोजक महेश्वर दाहाललाई दाहाल पत्नी दिपा दाहाल र पुकार न्यौपानेले आक्रमणको प्रयास गरेको तथ्य बाहिरिएपछि मरिण पालिका कमिटीको पूर्ण बैठकले उनीहरुलाई पार्टीको कुनै पनि कार्यक्रममा आमन्त्रण नगर्ने निर्णय गरेको थियो । सो नर्णयमा पालिका प्रमुख प्रख्यात मुक्तानसमेतले हस्ताक्षर गरेका थिए । आफैंले निर्णय गर्ने र सोही निर्णयको उलंघनगर्दै सांसद दाहाललाई प्रमुख अतिथी बनाएपछि माओवादीको संस्थापन पक्षले कार्यक्रम बहिस्कार गरेको बताइएको छ ।
सो प्रतियोगिताको उद्घाटन गर्दै दाहालले शारिरिक रुपमा स्वस्थ हुनेहरुनै मानसिक रुपमा स्वस्त हुने बताउँदै प्रतियोगिताले बालबालिकाहरुमा खेलको माध्यमबाट राष्ट्रप्रति समर्पीत हुन उत्प्रेरणा गर्ने बताएका थिए ।
यस्तै मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले गाउँपालिकाको शैक्षिक जगतलाईनै माथि उठाउने गरी छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताए ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाराज शर्माले कुनैपनि देशको विकास र समृद्धिको रुपमा नागरीकहरुमा शारिरिक रुपमा स्वस्थ हुनुका साथै मानसिक रुपमा पनि स्वस्थ हुन जरुरी रहेको भन्दै त्यसका लागि अनुशासन सहित खेल क्षेत्रबाट विद्यार्थीहरुमा सहयोग पु¥याउने बताए ।
केही दिन अगाडि सिन्धुलीमा सम्पन्न एमाले जिल्ला कमिटी बैठकले सांसद दाहालको अराजकता बिरुद्धका गतिविधीको खुलेर प्रतिवाद गर्ने निर्णय गरेको थियो । सांसद दाहालले एमाले अध्यक्ष एव्म पार्टीका विरुद्ध गलत अभिव्यक्ति दिएर सांसद पदकै अपमान गरेकाले एमालेले उनको अराजनैतिक गतिविधको प्रतिरोध गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख कर्ण घिसिङले बताए ।

प्रकाशित मिति : २०८१, ११ पुस बिहीबार  ७ : ४३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।