२०८२, २८ फाल्गुन शुक्रबार

एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ

एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ् न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो मन्त्रालय बढि लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यसपटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याउँदै छौं । र त्यसको पोलिसी ल्याउने वित्तिकै त्यसको कानुन बनाउँछौं ।’ उनले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान ग¥यो भन्ने गलत प्रचार भएको छ ।

समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगिमा संलग्न छ भने भने कांग्रेस एमाले मात्र नभई जुनै पार्टीमा आवद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनले बताए । उनले भने,‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ । एक पछि अर्को गर्दै उत्रिैँदै छ । समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकैपटक छानबीन गर्न त सकिन्न नि । एकथरी राजनीतिक दलहरुलाई के भ्रम छ भने,हाम्रोलाई मात्र ग¥यो आफ्नोलाई गरेन भन्ने छ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खालि रास्वपालाई मात्र ग¥यो भन्ने गतल प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’

उनले मूलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिवद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने अठोट उनको छ ।

उनले भने, ‘मूलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिवद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ । तर केही काम भएको छैन् । यो वर्ष म त्यहाँ हुदासम्म सबै काम गरेर नै छोड्छु । मैले नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्छु ।’

प्रकाशित मिति : २०८१, १० पुस बुधबार  ६ : ०३ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा