२०८३, २० जेष्ठ बिहीबार

राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौं ।  नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो ।

उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर हुने बताएका छन् । उनले राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘वास्तवमा पोलिटिकल क्षेत्रका मान्छेहरुले सञ्चार क्षेत्रमा गलत सूचना सुशुचित भएको भनिरहेका हुन्छन् । तर यसमा सञ्चार क्षेत्रले जवाफदेही हुनुपर्छ । यदी यस्तो भएन भने सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भयो भने राज्य कमजोर हुन पुग्छ । यो नहोस् भन्नका लागि पूर्ण ढंगले भूमिका सबैले खेल्नुपर्छ ।’ साथै, उनले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसंगतिहरु सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधमा गर्नुपर्ने बताए । उनले राष्ट्रिय मुद्दाहरुमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरेका छन् ।

यसैगरी, उक्त कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथी हुने  आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने बताएकी छन् ।

उनले हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशिल रहेने बताएकी  हुन् ।

उनले भनिन् ,‘मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथी हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने छौं । हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशिल रहेर काम गर्ने छौं । ’

साथै, उनले मिडिया बलियो  नभए लोकतन्त्र बलियो नहुने बताइन् । उनले सकारात्मक परिवर्तनका लागि पत्रकार महासंघ सधैं लोकतन्त्र र राज्यको लागि दरिलो खम्बा बनेर अगाडि बढ्ने बताइन् ।

प्रकाशित मिति : २०८१, १० पुस बुधबार  ५ : ५० बजे

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ