२०८३, ७ असार सोमबार

नेपाल प्रहरीका २ जना डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका २ जना डीआईजी एआईजीमा बढुवा


काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रहरीका दुई जना डीआईजीलाई एआईजी बढुवा गरेको हो ।

डीआईजीबाट एआईजी बढुवा हुनेमा प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत दुर्गा सिंह र प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा दरबन्दी रहेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय कार्यरत भरतबहादुर बोहोरा रहेका छन् । मंसिर २८ गते गृह सचिव गोकर्णमणी दुवाडीको संयोजकत्वमा रहेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सिंह र दोस्रो नम्बरमा बोहोरालाई बढुवाका लागि सिफारिस गरेको थियो ।

एआईजी बोहोरा यहि पुष १४ गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् भने सिंह प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगै आगामी चैत ५ गते अनिवार्य अवकाशमा जानेछन् ।

प्रकाशित मिति : २०८१, ५ पुस शुक्रबार  ९ : २५ बजे

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक