२०८२, १७ पुस बिहीबार

अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेको छैन् : सभामुख घिमिरे

अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेको छैन् : सभामुख घिमिरे


काठमाडौं । सभामुख देबराज घिमिरेले अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अपाङ्गता भएका युवाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले भेदभाव रहित कानून बनाउने कुराको ग्यारेन्टी गरेसँगै कानूनहरु निर्माण भएतापनि कार्यान्वयनमा भने फितलो रहेको बताए । 

उनले भने, ‘संविधानले भेदभाव रहिद कानून बनाउने कुराको ग्यारेन्टी गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको सम्मानको कुराहरु पनि गरेको छ । कानून बन्न निर्देशित गर्छ र बनेका पनि  छन् । तर कानूनहरु कार्यान्वयन गर्ने सन्दर्भमा अझै पनि धेरै कमिहरु भइरहेका छन् । यो क्षेत्रको संवेदनशिलतालाई पहिलो कुरा परिवारले, समाजले र राष्ट्रले आत्मसाथ गर्न सकिरहेको छैन् । जति आत्मसाथ गराउन सक्छौं त्यति नै यो क्षेत्रको समावेशिता हुन सक्छ ।’

उनले  नीति, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने राज्यका विभिन्न अङ्गहरुले अपनाएर मात्रै समावेशिता सम्भव नरहेको धारणा राखे । विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशीताको बलियो आधार बन्न सक्ने उनको भनाई छ । उनले भने, ‘समावेशिताको कुरा गरिरहँदा समावेशिता नीति र सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने तह र राजयका विभिन्न अङ्गहरुले यसलाई अपनाएर मात्रै सम्भव छैन् । मेरो विचारमा समावेशिता सक्षम हुनुपर्छ । त्यसपछि मात्रै यी कुराहरु कार्यान्वयन गर्ने आधार बन्न सक्छ । समावेशिताको लागि विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत कसरी वृद्धि गर्ने त्यो सोच्नु पर्छ । यो समुदायलाई आर्थिक रुपमा चाहिने न्यूनतम आवश्यकता परिपूर्ति गरेपछि मात्रै  समावेशिताको लागि बलियो आधार बन्न सक्छ ।’

प्रकाशित मिति : २०८१, १९ मंसिर बुधबार  १० : ३६ बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास