२०८२, ३० आश्विन बिहीबार

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित


काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हराएको हो ।

जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले । जारी लिगमा तीन खेल सकिँदा अनिल अर्धसतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ४२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

यस्तै आशिफ शेखले ३६ रन बनाए । अनिल र आशिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । लाहिरु मिलन्थाले २४ र जेम्स निसमले अविजित १६ रन बनाए । बलिङमा कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले एक एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए ।

उनले २७ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाए ।भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट भए । बाबर हायतले १२ रन जोडे । बलिङमा कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिए । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिए । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार  ४ : ५० बजे

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त

नेप्से घट्दा कारोबारमा सामान्य सुधार

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर २४८७.१७ अंकमा

यूएईकाे छनोटसँगै टी-२० विश्वकप खेल्ने सबै टीमको टुंगो

काठमाडौं । भारत र श्रीलंकामा हुने आउँदो टी-२० विश्वकप खेल्ने