२०८२, ४ कार्तिक सोमबार

राष्ट्रिय वाणिज्य बैंकलाई अग्रणी बनाउने जोडमा अर्थमन्त्री पौडेलले

राष्ट्रिय वाणिज्य बैंकलाई अग्रणी बनाउने जोडमा अर्थमन्त्री पौडेलले


रुपन्देही ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई देशकै एक नम्बरको बैंक बनाउने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताएका छन ।

राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बदलिँदो समयअनुसार बैंकलाई अग्रणी बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्दै प्रत्येक सेवाग्राहीले अपनत्व महसुस गर्ने वातावरण बनाउन आग्रह गरेका छन ।

यसैगरी कार्यक्रम बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बैंकको ब्याजदर स्थिर बनाउनुपर्ने आवश्यकता भएको जनाएका छन ।

उनले एकल अंकको ब्याजदर भए पनि समयसँगै बढ्ने प्रवृत्तिले व्यवसायिक क्षेत्रलाई असहज बनाएको अनुभव सुनाउँदै, ब्याजदरको सुनिश्चितताले व्यवसायिक लगानी गर्न सजिलो हुने तर्क गरे ।

बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का अध्यक्ष नरेश्वर पौडेलले राष्ट्रिय वाणिज्य बैंकले आर्थिक चुनौती पार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन ।

साथै, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैंकको सेवा सुधारप्रति खुसी व्यक्त गर्दै सरकार र निजी क्षेत्रबीचको खाडल घटाउन बैंकले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका छन ।

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलीपकुमार ढुंगानाले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम, र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाएको बताउँदै, सूचना प्रविधिसँग सेवा प्रवाहलाई जोड्ने योजना प्रस्तुत गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले उत्पादन, कृषि, पर्यटन, ऊर्जा, साना उद्यम र पूर्वाधार क्षेत्रमा लगानी बढाएको जानकारी गराउँदै, वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्न समुदायसँग सुमधुर सम्बन्ध राख्ने प्रयास भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ९ : ०२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,