२०८३, १ बैशाख बुधबार

चलचित्र उद्योगलाई पर्यटन उद्योगसंँग जोड्न राष्ट्रपति पौडेलको आग्रह

चलचित्र उद्योगलाई पर्यटन उद्योगसंँग जोड्न राष्ट्रपति पौडेलको आग्रह


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गरेका छन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँंग जोड्न सबै कलाप्रेमीहरुलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँंग जोड्न यस अवसरमा सबै कलाप्रेमी महानुभावहरुलाई आव्हान गर्दछु । यसमा नेपाल सरकारले आवश्यक नीति, नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने मैले विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले ठूला ठूला विषयवस्तु भन्दा गाँउसमाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जर्गाना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताए ।
उनले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे ।
राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पु¥याउने बताए ।


उनले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ तपाईहरुको ध्यान जानुपर्ने उल्लेख गरे ।
उनले भने, ‘चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो । यसका कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो । आधुनिक युगमा चलचित्र कुनैपनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पु¥याउने माध्यम बनेको छ । यसबाट हामीले पनि लाभ लिन जरुरी छ ।’
उनले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायका रुपमा रहेको विकास वोर्डलगायतका निकायहरुले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताए ।
उनले भने, ‘यस क्षेत्रमा प्रतिभाशाली जागरुक युवाहरुलाई अवसर दिन, राम्रा चललचित्र बनाउने र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनुपर्छ ।’
सो क्रममा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवि सिंहलाई ३ लाख ७५ हजार सहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ११ : ४९ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको