२०८२, २ आश्विन बिहीबार

अबको ‘रणनीति’ हाम्रा उत्पादनहरू निर्यात गर्नु हो : उद्योग मन्त्री भण्डारी

अबको ‘रणनीति’ हाम्रा उत्पादनहरू निर्यात गर्नु हो : उद्योग मन्त्री भण्डारी



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु रहेको बताउनुभएको छ ।

मङ्गलवार उद्योग सङ्गठन मोरङको प्रतिनिधि मण्डलसंग भएको अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशी उत्पादनहरु बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । अहिले विदेशबाट सामग्री बोकेर आएका सवारी साधनहरू रित्तै फर्किने स्थिति हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्गठनका पदाधिकारीहरूले मन्त्री भण्डारी समक्ष आफ्ना समस्याहरू सुनाएका थिए ।
सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले स्वदेशमा उत्पादित सामग्री भारत निर्यात गर्दा भारत पक्षले रोक लगाएको हुँदा यस विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

अहिले नेपालबाट सिमेन्ट, रड, स्टिल, प्लाईवुड, प्लास्टिक, सेनेटरी प्याड, जुत्ता चप्पल जस्ता सामग्री भारत निर्यात गर्दा भारतीय पक्षले रोक लगाउने गरेको व्यवसायीको गुनासो छ । भट्टराईले जोगबनी–विराटनगर कार्गो रेल सञ्चालनका लागि पहल गरिदिन तथा उद्योग विभागमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि आग्रह गर्नुभयो ।

डेढ बर्सअघि नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेको कार्गो रेल नियमित सञ्चालन भएमा सामान ढुवानी भाडा दर ३० प्रतिशत सस्तो हुने सङ्गठनका अध्यक्ष राकेश सुरानाले बताउनुभयो । मन्त्री भण्डारीले भारतसँगका विषयहरूलाई आगामी दिनमा हुने सचिव स्तरीय बैठक मार्फत सहजीकरण गरिने बताउनुभएको छ । आफ्नो मन्त्रालय मातहतका निकायबाट काममा ढिलासुस्ती नहुने उहाँको प्रतिबद्धता छ ।
सङ्गठनले हालै उत्कृष्ट काम गरेबापत २हजार अमेरिकी डलर बराबरको एसिया प्यासिफिक रिजन अवार्ड प्राप्त गरेको थियो ।

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ५ : ५३ बजे

काठमाडौं प्रहरीमा व्यापक सरूवा, एसएसपी रमेश थापा बने नयाँ प्रमुख

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा एकैपटक ६ जना वरिष्ठ

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीले गुमाइन् बायाँ हात

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले उपचारको क्रममा

अमेरिकाको पेन्सिलभेनियामा गोलीकाण्ड: तीन प्रहरीको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यमा बुधबार भएको एक भीषण गोलीकाण्डमा

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक