२०८३, ३० जेष्ठ आईतबार

बीआरआई ऋणमा लिनु उचित छैन् : प्रदीप ज्ञवाली

बीआरआई ऋणमा लिनु उचित छैन् : प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिनु उचित नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उनले, अहिले चीनसँग बिआरआई अन्र्तगत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआई ऋणमा लिनु उचित नभएको बताएका हुन् । उनले भने, ‘हामीले पुँजीगत खर्च २२–२३ प्रतिशत जम्म छुट्याउँछौं कूल बजेटको खर्च हुन्छ त्यसको पनि ५० प्रतिशत खर्च हुन्छ । यो स्थितिभित्र हामीले थप लोनहरु लिन सक्ने अवस्थामा चाँही छैनौं । त्यसैले अहिले यति नै बेला चीनसँग बिआरआई अन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गरौं भन्ने खालको कुरा चाँही आवश्यक छ जस्तो लाग्दैन् । उचीत छैन् ।यो समय परिपक्क होईन् भन्ने नै लाग्छ ।’

उनले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिक आँखाले हेर्न नहुने बताए । प्रधानमन्त्रीको चीन भ्रमणमा चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी सफल पार्न उनले आग्रह गरे ।
उनले भने, ‘लोनहरुमा हुने अथवा आउने सर्तहरु अलि अलि अप्ठ्यारा छन् । जुन सुकै देशको हकमा पनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यही ढंगले डिल गर्नुपर्छ । यसलाई राजनीतिक आँखाले हेर्नुहुँदैन् भन्ने मेरो आँखा छ । प्रधानमन्त्री ज्यूको चीन भ्रमण हुँदै गर्दा यी सबै विषयलाई ध्यानमा राखेर चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी भ्रमण सफल होस् आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ५ : ३४ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा