२०८२, ४ माघ आईतबार

काठमाडौंमा सुरु भयो निःशुल्क भिडियो एक्स–रे

काठमाडौंमा सुरु भयो निःशुल्क भिडियो एक्स–रे


काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको महानगरले जनाएको छ ।

सुरुमा वडा नं। १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नं। १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं। १२ मा, मंगलबार र बुधबार वडा नं। १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं। २७ मा र बिहीबार र शुक्रबार वडा नं। १० र ३० का सेवाग्राहीका लागि वडा नं। ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ ।

महानगरपालिकाले वडा नं। ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं। १४ बल्खु, वडा नं। १९ कंकेश्वरी, वडा नं। २६ लैनचौर र वडा नं। ३० ज्ञानेश्वर, वडा नं। १६ बालाजु, वडा नं। २७ महावौद्ध, वडा नं। १२ टेकु र वडा नं। ७ चावहिलको स्वास्थ्य प्रबर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । यीमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् ।

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ११ : ३० बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई