२०८३, ३१ भाद्र बिहीबार

धितोपत्र बोर्डका अध्यक्षले गरे सपथ ग्रहण

धितोपत्र बोर्डका अध्यक्षले गरे सपथ ग्रहण


काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार साँझ अर्थमन्त्री बिष्णु पौडेलले  नव नियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अर्थ मन्त्रालयबाट नियुक्ति पत्र लिएका अध्यक्ष श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि श्रेष्ठले लगानीकर्ताको सुरक्षाको लागि काम गर्नु नै प्राथमिकताको कु्रा भएको बताएका छन । उनले भने, ‘बजार बिस्तारका लागि अवसरहरु धेरै छन । हामीले यहाँको क्यापिटल मार्केटको पूर्ण रुपले सदुपयोग गरेकै छैनौ । प्रोडक्ट्सकै हिसाबले हेर्दा पनि धेरै नै प्रोडक्ट्सहरु उपलब्ध छन । पूजीँ बजारको सिद्धान्तबाट हेर्दा आर्थिक विकासमा यसलाई मजाले प्रयोग गर्न सकिन्छ  भन्ने कुरामा मेरो ध्यान जान्छ । अनि अहिलेलाई लगानीकर्ताको सुरक्षा नै पहिलो प्राथमिकता हो ।’

अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका नव नियुक्त अध्यक्षले बोर्ड गएर कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । धितोपत्र बोर्डले एघार महिनापछि अध्यक्ष पाएको हो ।

प्रकाशित मिति : २०८१, ११ मंसिर मंगलबार  ८ : ०७ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक