२०८३, २६ असार शनिबार

श्रम ऐनको अपब्याख्या र श्रमिक अधिकार शोषणप्रति जेटियुसीसीको ध्यानाकर्षण

श्रम ऐनको अपब्याख्या र श्रमिक अधिकार शोषणप्रति जेटियुसीसीको ध्यानाकर्षण


काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा भइरहेको उदासिनता र आउटसोर्सिङ प्रक्रियाबाट श्रमिक खरिदबिक्रीजस्ता गतिविधिप्रति आपत्ति जनाएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै श्रमिक अधिकारको संरक्षणका लागि हालका कानूनी व्यवस्थाको सही व्याख्या र प्रभावकारी कार्यान्वयन गर्न सरकार एवम सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो ।

जेटियुसीसीले सामाजिक सुरक्षा योजनाको विस्तारः अनौपचारिक श्रमिकहरूको स्थानीय तहमा पञ्जीकरण गरी सामाजिक सुरक्षा योजनामा समावेश गरिनुपर्ने, वैदेशिक रोजगारीमा सुधारः वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सामाजिक सुरक्षा कोषमार्फत सुविधा उपलब्ध गराउने र गन्तव्य राष्ट्रहरूसँग पारस्परिक सम्झौता गर्नुपर्ने मागहरु राखेको छ ।

यसैगरी, आउटसोर्सिङको नियमनः आउटसोर्सिङमार्फत आपूर्ति गरिने श्रमिकलाई नियमित श्रमिकसरह सुविधा दिने व्यवस्था गर्नुपर्ने र प्रक्रिया कानूनी रूपमा सीमित गर्नुपर्ने,  श्रम अडिट अनिवार्य बनाई त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सामाजिक सुरक्षा ऐनको दफा ६४ अन्तर्गत रहेको सामूहिक सौदावाजीको बन्देज हटाउनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, जेटियुसीसीले सरकारले तुरुन्तै श्रमिक अधिकारका विषयमा निर्णय लिन केन्द्रिय श्रम सल्लाहकार परिषदको बैठक बोलाउनुपर्ने माग राख्दै माग पूरा नभए श्रम बजारलाई सुदृढ बनाउन आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि दिएको छ ।

जेटियुसीसीका अध्यक्ष योगेन्द्र कुमार कुँवर, महासचिव लालकुमार लामा र विभिन्न ट्रेड युनियन महासंघका अध्यक्षहरूले हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : २०८१, ११ मंसिर मंगलबार  ७ : ३१ बजे

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा वीर अस्पतालमा निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

निर्वाचन आयोगको कमान्ड डा. जानकीकुमारी तुलाधरको हातमा, स्थायी नेतृत्व अझै प्रतीक्षामा

काठमाडौं । निर्वाचन आयोगको नेतृत्व फेरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन