२०८३, १ बैशाख बुधबार

महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ : शंकर पोखरेल

महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले महाकाली सन्धिको नाममा पार्टीलाई विभाजित गर्ने प्रयास भइरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा पार्टीलाई बदनाम गर्ने कोशिस मात्र नभई विभाजित गर्ने समेत प्रयास भएको बताएका हुन् ।

उनले भने, ‘पार्टीलाई समाप्त पार्नको लागि अनेक प्रकारको प्रपञ्च गरिएका छन् । पहिले महाकाली सन्धिको नाममा विभाजित गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि बास्तवमा नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो । नेपालको सन्दर्भमा जलस्रोतको उपयोगको सन्दर्भमा सबैभन्दा राष्ट्रवादी सन्धिका रुपमा एकीकृत महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोशिस मात्र भएन मात्र हाम्रो पार्टीलाई विभाजित गर्ने प्रयास भयो ।’

उनले एमालेका पार्टीलाई समाप्त पार्न प्रयास भएता पनि कार्यकर्ताले  पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भएको बताए ।

उनले भने,‘तर यही कार्यकर्ता पंक्तिजसले  पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भयो । विभाजित गरिएको पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर राष्ट्रको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित गर्ने कुरामा यसले भूमिका खेलेको छ ।’

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार  ४ : ३६ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको