२०८२, १ असार आईतबार

महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ : शंकर पोखरेल

महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले महाकाली सन्धिको नाममा पार्टीलाई विभाजित गर्ने प्रयास भइरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा पार्टीलाई बदनाम गर्ने कोशिस मात्र नभई विभाजित गर्ने समेत प्रयास भएको बताएका हुन् ।

उनले भने, ‘पार्टीलाई समाप्त पार्नको लागि अनेक प्रकारको प्रपञ्च गरिएका छन् । पहिले महाकाली सन्धिको नाममा विभाजित गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि बास्तवमा नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो । नेपालको सन्दर्भमा जलस्रोतको उपयोगको सन्दर्भमा सबैभन्दा राष्ट्रवादी सन्धिका रुपमा एकीकृत महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोशिस मात्र भएन मात्र हाम्रो पार्टीलाई विभाजित गर्ने प्रयास भयो ।’

उनले एमालेका पार्टीलाई समाप्त पार्न प्रयास भएता पनि कार्यकर्ताले  पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भएको बताए ।

उनले भने,‘तर यही कार्यकर्ता पंक्तिजसले  पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भयो । विभाजित गरिएको पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर राष्ट्रको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित गर्ने कुरामा यसले भूमिका खेलेको छ ।’

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार  ४ : ३६ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।