२०८३, १४ जेष्ठ शुक्रबार

आज काठमाडौंमा एमालेको जागरण सभा

आज काठमाडौंमा एमालेको जागरण सभा


काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ ।
एमालेले काठमाडौंको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट-चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जागरणसभा गर्न लागेको हो ।

एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा गर्न लागिएको हो । जनसभामा एक लाख मानिस उतार्ने एमालेको लक्ष्य छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार देश बन्दै छ, हामी बनाउँछौँ देश बन्दैन नकरात्मकताले अघि बढौं सकारात्मकताु भन्ने सन्देश दिन, अराजकता अन्त्य गर्न जागरण सभा गर्न लागिएको हो ।
सभाअघि बिहान ११ बजे भद्रकालीबाट र्‍याली सुरु हुनेछ । भद्रकालीबाट सुरु भएको र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।

जागरणसभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
एमालेले जागरण सभाको संयोजक स्थायी कमिटी सदस्य डा। राजन भट्टराईलाई तोकेको थियो । तर एसियाका राजनीतिक दलहरूको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन (आईक्याप) मा भाग लिन कम्बोडिया उडेपछि वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार  ९ : १३ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण