२०८२, २९ असार आईतबार

आज काठमाडौंमा एमालेको जागरण सभा

आज काठमाडौंमा एमालेको जागरण सभा


काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ ।
एमालेले काठमाडौंको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट-चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जागरणसभा गर्न लागेको हो ।

एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा गर्न लागिएको हो । जनसभामा एक लाख मानिस उतार्ने एमालेको लक्ष्य छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार देश बन्दै छ, हामी बनाउँछौँ देश बन्दैन नकरात्मकताले अघि बढौं सकारात्मकताु भन्ने सन्देश दिन, अराजकता अन्त्य गर्न जागरण सभा गर्न लागिएको हो ।
सभाअघि बिहान ११ बजे भद्रकालीबाट र्‍याली सुरु हुनेछ । भद्रकालीबाट सुरु भएको र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।

जागरणसभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
एमालेले जागरण सभाको संयोजक स्थायी कमिटी सदस्य डा। राजन भट्टराईलाई तोकेको थियो । तर एसियाका राजनीतिक दलहरूको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन (आईक्याप) मा भाग लिन कम्बोडिया उडेपछि वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार  ९ : १३ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म