२०८१, २६ फाल्गुन सोमबार

जागरणसभा कार्यक्रमको सम्पूर्ण तयारी पुरा

जागरणसभा कार्यक्रमको सम्पूर्ण तयारी पुरा


काठमाडौं: सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भोलि शुक्रबार राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको छ । जागरणसभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ । ‘हजारौं मानिस दरबारमार्गमा उतार्ने तयारी पूरा भएको छ । हाम्रो जागरणसभापछि राष्ट्रिय रूपमा एउटा सन्देश जानेछ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

गौतमका अनुसार शहीद गेटबाट सुरु भएर एमालेको जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्नेछ । ‘दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ’, उनले भने । जनसभाबाटै एमालेको वास्तविक शक्ति देखाइने नेताहरू बताउँछन् । ‘एमाले नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै कतिपय अराजक शक्तिहरूले अफवाह फैलाइरहेका छन् । त्यसको प्रतिवादमा पनि हो, यो सभा,’ एक नेताले भने ।

प्रधानमन्त्रीविरुद्ध भइरहेको प्रदर्शनकै प्रतिवाद गर्ने योजना अन्तर्गत एमालेले यो जनसभाको तयारीमा सम्पूर्ण शक्ति खर्चिएको छ । नेताहरूका अनुसार पछिल्लो साता राजधानीमा उपलब्ध सम्पूर्ण पार्टीपंक्ति र वर्गीय विभागहरु परिचालित भएका छन् । भक्तपुर, ललितपुर र काठमाडौंसहित काभ्रे, सिन्धुली, रामेछाप, मकवानपुर जिल्लाहरूबाट ठूलो संख्यामा मानिस आउँदैछन् ।

एमालेले जागरणसभालाई शक्ति प्रदर्शनकै रूपमा दिन २३ जनसंगठन, ३२ विभाग, केन्द्रीय निकाय, उपत्यकामा रहेका केन्द्रीय नेतृत्व र जनप्रतिनिधि परिचालित गरिएको नेताहरू बताउँछन् ।

भोलिको सभालाई दिइएको महत्त्व बुझ्न यसको तयारीमा लागेको समय र गतिविधि हेर्नुपर्छ । गत २४ कात्तिकमा बसेको सचिवालय बैठकले जागरणसभाबारे निर्णय गरेको थियो । त्यसयता एमालेको सम्पूर्ण ध्यान जनसभामा केन्द्रित छ, र भइरहेको गतिविधिलाई प्रचारात्मक बनाएको छ ।

अरू कारणमा एमाले नेतृत्व सरकारले गरेको कामको प्रचार, पार्टीको गन्तव्य प्रष्ट पार्नुदेखि स्थानीय तहमा हुने उपचुनावको तयारीसम्म भनिएको छ । बुधबारको पत्रकार सम्मेलनमा ज्ञवालीले सरकारले गरेको कामकै प्रचार हुन नसक्दा झनै निराशा बढ्ने भएकाले जनसभा आवश्यक परेको बताएका थिए ।

जनसभाको तयारीका निम्ति अरू पार्टी काम छोडेर महासचिव शंकर पोखरेल आफैं खटिएका छन् । पोखरेलले जनसभा तयारीबारे २८ कात्तिकमा बैठक बोलाएका थिए । त्यही बैठकले डा. राजन भट्टराईलाई संयोजक बनाउदै ११ सदस्यीय संयोजन समिति बनायो । 

३० कात्तिकको बैठकबाट जागरणसभाको औचित्य सार्वजनिक गर्नेदेखि विभागीय कामको बाँडफाँट भयो । भट्टराईले जनसभा गरिनुपर्ने पाँच कारण सार्वजनिक गरे । बक्तव्य अनुसार जनसभाको मूल उद्देश्य विधिको शासन र कानुनी राज्य निर्माणको पक्षमा जनमत बनाउनु हो । ‘राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न’, बक्तव्यमा भनिएको थियो ।

सरकारकै नेतृत्व गर्ने शक्तिले सडक जनप्रदर्शन गर्नुमा अर्को उद्देश्य भने उपचुनावको तयारी रहेको नेताहरूले बताएका छन् । तयारी समन्वय समितिका संयोजक भट्टराईले सत्तारुढले सभा गरेरै चुनावमा जाने अभ्यास संसारभर चल्ने तर्क गरेका छन् ।

झारखण्ड र महाराष्ट्रमा चुनाव भइरहेको छ । केही दिन अघिसम्म नरेन्द्र मोदी जहाज लिएर सबै ठाउँ सभा गर्दै हिँडेका थिए’ भट्टराईले बुधबारको पत्रकार सम्मेलनमा भनेका थिए, अमेरिकामा राष्ट्रपतिको चुनावपछि मिडटर्म हुन्छ, त्यहाँ राष्ट्रपति आफैं मत मागेर हिँडिरहेको हुन्छ । त्यसैले सडकमा जाने भन्नासाथ मुठभेडमा उत्रने वा सरकारलाई दबाब दिने उद्देश्य मात्र बुझ्न उनको तर्क छ ।

अहिले मुलुकमा अस्थिरता मच्चाएर आफ्नो स्वार्थ पुरा गराउन देशी विदेशी शक्तिहरुको आडमा सडकमा आउने काम भइरहेको छ । कानूनलाई भिडले गाइडेड गर्न खोजिँदैछ । सडकबाटै एमाले विरुद्ध अफवाह फैलाउने काम भइरहेको छ, ’नेकपा एमाले बागमतीकी प्रचार विभाग प्रमुख भक्त कुमारी लामाले .भनिन्ः एमाले विरुद्ध र समृद्धिको यात्रामा अवरोध हुनेगरी सिर्जना गरिएको अराजकता तोड्न सडकमा आउनु परेको हो । लामाका अनुसार भोलीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

प्रकाशित मिति : २०८१, ६ मंसिर बिहीबार  ९ : ३२ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,