२०८१, १८ मंसिर मंगलबार

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा काभ्रेका रमेश धिताल निर्वाचित

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा काभ्रेका रमेश धिताल निर्वाचित


क्यानडा । प्रवासी नेपाली मञ्च ओएनएफ क्यानडाको अध्यक्षमा काभ्रेका रमेश धिताल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिकाज महादेश इञ्चार्ज प्रभु थापाको प्रमुख आतिथ्यतामा अनटारियोको मिसिसागामा यही नोभेम्बर १६ तारिक शनिवार सम्पन्न चौथो अधिवेशनबाट धिताल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन हुनुभएको छ ।

निर्वाचन मण्डलका सचिब रबिन्द्रराज घिमिरेले कार्यसमितिका सदस्यहरु समेत सर्वसम्मत चयन गरेको बताउनु भयो । २५ सदस्यीय कार्यसमितिमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्गा केसी, अरबिन पौडेल र राजु भट्टराई सदस्यमा चयन हुनुभएको छ । यसैगरी रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्धिम न्यौपाने सदस्यमा चयन हुनुभएको छ । कार्यसमितिमा हरेक च्याप्टरका अध्यक्षहरु पदेन सदस्य रहने ब्यवस्था रहेको छ ।

अधिवेशनको उदघाटन प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभुराम थापाले पानसमा बत्ति बालेर गर्नुभएको थियो । यस्तै अधिवेशनमा विशेष अतिथि कारुपमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य तथा महिला बिभाग प्रमुख कुन्ती थापा, केन्द्रीय सदस्य तथा महिला बिभाग उपप्रमुख जानकी कार्की रहनुभएको थियो ।
प्रमुख अतिथी थापाले प्रवासी नेपाली मञ्च आफ्नो स्पष्ट भिजनसहित अघि बढेको भन्दै अव हरेक राष्ट्रिय कमिटीले जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली भन्ने नारालाई ब्यवहारमा कार्यान्वयन गर्न चुक्न नहुने बताउनु भयो । उहाँले अधिवेशनमा आउने तय भइसकेको भएपनि बिशेष कारण अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा सहभागी हुन नसकेको जानकारी दिँदै उहाँले पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भएको थियो ।

सचिवालय सदस्य थापाले प्रवासमा गैरआवासीय नेपाली संघपछि सवैभन्दा बढी देशमा क्रियाशील रहेको संस्थामा ओएनएफ स्थापित भएको जानकारी पनि दिनुभयो । ओएनएफले आजसम्म बिश्वका ३७ वटा देशमा राष्ट्रिय कमिटी गठन गरेर आफ्नो अभियानलाई संगठित रुपमा अगाडि बढाएको बताउनु भयो ।

प्रमुख अतिथी थापाले मातृभूमि नेपालमा नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार बिगतको सरकार भन्दा प्रवासीको समस्यामा सम्वेदनशील रहेको भन्दै अव समस्या समाधानका लागि अन्तराष्ट्रिय कमिटीले पहलकदमी लिने जानकारीसमेत दिनुभयो । कार्यक्रममा ओएनएफका केन्द्रीय सदस्यद्वय कुन्ती थापा र जानकी कार्कीले मञ्चले अव गर्ने पर्ने काम र प्रवासमा फैलाइएको अफवाह चिर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी गैरआवासीय नेपाली संघ ९एनआरएनए० आईसीसीका सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका सल्लाहकार संयोजक तथा ओएनएफका पूर्वअध्यक्ष रमेश थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डे, जीपी फाउन्डेसनका अध्यक्ष केपी निरौला, एनबीडीएका अध्यक्ष सुरेश गौतम, समाजसेवी सीता संग्रौला, एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, एनसीएनसीका अध्यक्ष दिनेश खतिवडा, एनसीसीएसका चेयर पर्सन डा। थमनाथ अधिकारी, नेपाल हाउसका अध्यक्ष भूमिराज घिमिरे, पीएनसीसीका चेयर पर्सन केदार बस्नेत, एनसीएचसीका अध्यक्ष लिला भण्डारी, टीएनएससीका अध्यक्ष रबिन्द्र लम्साल, एनपीआरसीका सहमहामन्त्री नेत्र भट्टराई, व्यवसायी डा।पुर्ण कंडेल, चितवन सोसाइटीका हरी भुसाल, एनआरएनए क्यानडाका पूर्वअध्यक्ष तथा रेडियो संचालक अनिल थापा, नेपाली जनसम्पर्क समितिका सुरेश रजौरे, लाली गुराँस स्पोर्ट्स क्लबका अध्यक्ष क्रीजल केसी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

अधिवेशनमा भौगोलिक विविधताका कारण भौतिक रुपमा उपस्थिति हुन नसकेका सदस्यहरुलाई जुममार्फत उपस्थिति हुने व्यवस्था गरिएको थियो । जसमा ब्रिटिश कोलम्बियाबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति नेपाली लगानी प्रवर्द्धन विभाग सदस्य तथा एनआरएनए आईसिसि सदस्य भुवन खरेल, राजु भट्टराई, अल्वर्टाबाट सन्दिप पौडेल, अरबिन पोखरेल, रिंकु वाग्लेलगायतको उपस्थिति रहेको थियो । प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष बिश्वम्भर घिमिरेको अध्यक्षता र सचिव रमेश धितालले सञ्चालन गर्नुभएको उदघाटन समारोहमा उपाध्यक्ष बेदनिधि गौतमले स्वागत गर्नुभएको थियो ।

यस्तै अधिवेशनको बन्दशत्र सञ्चालन तथा नयाँ कार्यसमिति चयनका लागि गोपिकृष्ण काफ्लेको अध्यक्षतामा रबिन्द्र घिमिरे, तुलसी सापकोटा, सुमन लम्साल, रामहरि खड्का सदस्य रहनुभएको अध्यक्षमन्डल तथा निर्वाचन मन्डल गठन गरिएको थियो ।

प्रकाशित मिति : २०८१, ३ मंसिर सोमबार  ७ : ५९ बजे

काठमाडौंमा पहिलो पटक सुट मेला सुरु

काठमाडौं ।  काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु

काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस

काठमाडौं। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि काठमाडौँमा शुरु

उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उप निर्वाचन शान्तिपूर्ण

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्

जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

जनकपुर । जनकपुर धाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव