२०८३, ३१ भाद्र बिहीबार

उपनिर्वाचनका लागि आचारसंहिता तयार : कसलाई लागू हुन्छ ?

उपनिर्वाचनका लागि आचारसंहिता तयार : कसलाई लागू हुन्छ ?


काठमाडौं । मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ। आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ।

निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्ला भित्र निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

निर्वाचन आचारसंहिता लागू भएको जिल्लाको निर्वाचन हुने स्थानीय तह बाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनु परेमा निर्वाचन आयोगलाई पूर्व जानकारी दिई निकास भएबमोजिम गर्न सकिने सहसचिव एवं प्रवक्ता नीता पोखरल अर्यालले जानकारी दिइन्। निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानूनी दायित्व एवम् नैतिक बन्धन भएकोले यसको सम्पूर्णरुपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुने आयोगले विश्वास लिएको छ।

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

प्रकाशित मिति : २०८१, १ मंसिर शनिबार  ९ : ३३ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण