२०८३, ३१ जेष्ठ सोमबार

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीलाई ७ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई बिहीबार परिपत्र गर्दै मन्त्रालयले सो निर्देशन दिएको हो ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई हाजिर गराउने र उनीहरूको रमाना व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गर्दै निर्देशन अवज्ञा गरेमा कडा विभागीय कारबाही गर्ने चेतावनी समेत दिएको छ । रमाना नदिएका–नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएकाले तत्तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

’नेपाल सरकार ९मन्त्रिपरिषद्०, मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूबाट विभिन्न मितिमा निजामती सेवा ऐन, २०४९ को दफा १५ ९१० बमोजिम पदस्थापना गरिएका, दफा १८ ९१० बमोजिम सरुवा गरिएका, दफा १८ क ९१० बमोजिम काज खटाइएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९९९० र दफा ११९२० बमोजिम कामकाज गर्न खटाइएका तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४९४० बमोजिम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीहरू प्रचलित कानूनबमोजिम सरुवा–पदस्थापना–कामकाज–काजमा खटाइएका तथा काज फिर्ता गरिएका निकाय–कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नदिएका–नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएको हुँदा तत्तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई पठाउने सम्बन्धमा तपसिल बमोजिम गर्नु–गराउनु हुन यस मन्त्रालयको २०८१–०७–२८ को निर्णय ९सचिवस्तर० अनुसार अनुरोध छ’– मन्त्रालयले परिपत्रमा भनेका् छ ।

समयसीमाभित्र हाजिर नगर्ने कर्मचारीहरूका लागि साबिकका कार्यालयहरूले किरिया बिदा, बिरामी बिदा, र प्रसूति बिदा बाहेकका अन्य कुनै पनि बिदा स्वीकृत नगर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । हालसम्म सरुवा–पदस्थापन–कामकाज–काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ ९सात० दिनभित्र सोको जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिइएको छ ।

सरुवा–पदस्थापन–कामकाज–काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना लिने अवधि गुज्रिएपश्चात साविकका निकाय–कार्यालयमा निजहरूको किरिया विदा, बिरामी विदा र प्रसुति विदाबाहेक अन्य विदा स्वीकृत नगर्ने र नगराउने निर्णय मन्त्रालयले गरेको छ ।

निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराउने सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नका लागि सम्बन्धित निकायलाई अनुरोधसहित पत्राचार गर्ने पनि परिपत्रमा उल्लेख छ ।

निर्णय कार्यान्वयन नगर्ने–नगराउने विभागीय प्रमुख–कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६० बमोजिम विभागीय सजायसम्बन्धी कारबाही अघि बढाउने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

प्रकाशित मिति : २०८१, ३० कार्तिक शुक्रबार  १ : २७ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क