२०८२, ११ बैशाख बिहीबार

गलत काम गर्ने मन्त्री–मुख्यमन्त्री भएपनि कानूनको दायरामा ल्याइन्छ : सञ्चारमन्त्री

गलत काम गर्ने मन्त्री–मुख्यमन्त्री भएपनि कानूनको दायरामा ल्याइन्छ : सञ्चारमन्त्री


काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगति हटाउन सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिनुभएको हो । मन्त्री गुरुङले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको पनि बताउनु भयो ।

समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको उहाँको भनाई छ । गलत क्रियाकलाप गर्नेहरुलाई आफ्नै पार्टीका भएपनि सरकारले नछोड्ने मन्त्री गुरुङले बताउनु भयो ।

‘समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको छ । खास गरी राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने कुरा, राजनीतिमा अपराधीकरणको प्रक्रिया जुन भइरहेका छन, सर्वत्र तिब्र आलोचना भइरहेको छ, यसलाई रोक्ने कुरामा वर्तमान सरकार दृढसंकल्पित छ,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

मन्त्री गुरुङले सबै कुराको समाधान एकै दिनमा नहुने भएकाले कतिपय बेला धैर्यता देखाउन आवश्यक हुने धारणा पनि राख्नुभयो ।

’हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउने खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन । कोशी प्रदेशको कानूनमन्त्रीको कुरा गर्नुभएको होला । त्यो एउटा संकेत हो । यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस कि, कुनै मन्त्री वा मुख्यमन्त्री होस, त्यसले छुट पाउँदैन । गल्ती गर्नेले सजाय पाउनुपर्छ । चोरलाई चौतारो साधुलाई शुली हुँदैन, साधुलाई चौतारो, चोरलाई शुली नै हुन्छ,’सरकारको धारणा प्रष्ट पार्दै सञ्चारमन्त्री गुरुङले भन्नुयो ।

उहाँले गलत प्रवृत्ति नियन्त्रणमा सरकार गम्भीरताका साथ लागेको भन्दै यो काम नरोकिने बताउनु भयो ।

प्रकाशित मिति : २०८१, २६ कार्तिक सोमबार  ८ : ३३ बजे

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !

सिन्धुली: वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

सुर्खेत । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि