२०८२, ३ कार्तिक आईतबार

ट्रम्पलाई विश्वका नेताहरूबाट बधाईको ओइरो

ट्रम्पलाई विश्वका नेताहरूबाट बधाईको ओइरो


रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिमा विजयी भएकोमा विश्वका नेताहरूले बधाई दिएका छन्।ट्रम्पको जित निश्चित भइसकेपनि औपचारिक घोषणा हुन भने बाँकी नै छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमले ट्रम्पको प्रशंसा गर्दै बधाई दिन शुरु भएको जनाएका छन्। युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’ मा मिलेर काम गर्ने आशा व्यक्त गरेकी छन्।

‘म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु । इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबिचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ,’ लेयेनले बधाई दिँदै एक्समा लेखेकी छन्, ‘हामी एक बलियो ट्रान्सएटलान्टिक एजेण्डामा सँगै काम गर्नेछौँ ।’

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताएका छन् ।

यस्तै, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ‘हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्षाका साथ उहाँसँग काम गर्न तयार छौँ,’ सामाजिक सञ्जाल ‘एक्स’ मा म्याक्रोँले बधाई दिँदै लेखेका छन्, ‘तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पूर्व अमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताएका छन् ।

नेतन्याहूले आफ्नो कार्यालयद्वारा जारी एक विज्ञप्तिमा भनेका छन्, ‘इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई ! ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक पुनरागमनले अमेरिकाका लागि नयाँ सुरुवात प्रदान गर्दछ र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनप्रति एक शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्दछ । यो ठूलो विजय हो ।’

नेतन्याहुले ट्रम्प नेतृत्वले दुइ देशको गठबन्धनलाई बलियो बनाउन फेरि महत्वपूर्ण हुने उल्लेख गरेका छन् । ‘म नाटोमार्फत शक्तिको माध्यमबाट शान्तिलाई अगाडि बढाउन उहाँसँग फेरि काम गर्न उत्सुक छु,’ विज्ञप्तिमा भनिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई ‘प्रभावशाली विजय’ बताउँदै बधाई दिएक छन् । जेलेस्कीले आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास समेत व्यक्त गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु । यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा बधाई दिँदै भनेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ ।’ चीनले पनि अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’ को आशा गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भनेका छन्, ‘हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौं । हामी अमेरिकी जनताको रोजाइको सम्मान गर्छौं ।’

यता, रूसी प्रशासनिक केन्द्र क्रेमलिनले भने ट्रम्पको कदमको मूल्याङ्कन गरेर समर्थन वा आलोचना गर्ने बताएको छ।

मलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भने ‘हामी ठोस कदम र ठोस शब्दका आधारमा निष्कर्ष निकाल्नेछौँ ।’

प्रकाशित मिति : २०८१, २१ कार्तिक बुधबार  १० : ३७ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल