२०८२, १५ पुस मंगलबार

साफ वुमन्स च्याम्पियनसिप: नेपाल भर्सेस बंगलादेश- पहिलो हाफ गोलरहित बराबरी

साफ वुमन्स च्याम्पियनसिप: नेपाल भर्सेस बंगलादेश- पहिलो हाफ गोलरहित बराबरी

दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पायो ।


काठमाडौं: साफ वुमन्स च्याम्पियनसिप २०१४ को उपाधिका लागि अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।

दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक एक प्रहार बारमा लागेको थियो । पहिलो हाफको  सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पायो ।

गोलपोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कँदा नेपाल भाग्यमानी बनेको थियो । रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले क्याच गरिन् । नेपालका लागि अमिसाले गोल गर्ने अवसर पाएकी थिइन्, तर फिनिसिङमा चुकिन् । १९ औं मिनेटमा नेपालकी अमिसा कार्कीले बकस बाहिरबाट हानेको शक्तिशाली पहार बारमा लागेर फर्किँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । ३३ औं मिनेटमा बंगलादेशले बकस नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो ।

प्रकाशित मिति : २०८१, १४ कार्तिक बुधबार  ७ : ४४ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले