२०८३, १२ भाद्र शनिबार

सहकारीबाट ऋण लिँदा गोर्खा मिडियाद्धारा कम्पनी कानुनको समेत उल्लंघन

सहकारीबाट ऋण लिँदा गोर्खा मिडियाद्धारा कम्पनी कानुनको समेत उल्लंघन


काठमाडौं: पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका आधारभूत मूल्यमान्यता समेत पालना नगरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

कास्की प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट सूर्यदर्शन सहकारीको बचत रकम सोझै र विभिन्न व्यक्तिका नाममा गएको थियो । सहकारीको रकम स्विकार्ने क्रममा गोर्खा मिडियाका सञ्चालकहरुले कुनै पनि प्रक्रिया पुरा नगरेको भेटिएको हो । कुनैपनि कम्पनीहरुले आफ्नो योजना देखाएर त्यसैलाई धितो मानी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने चलन हुन्छ, जसलाई प्रोजेक्ट लोन(परियोजना ऋण) भनिन्छ ।

‘यो घटनामा सहकारी ऐनकै दायरामा सीमित भई अभियोजन गर्ने अवस्था रहेन । परियोजनालाई नै देखाएर सहकारीबाट गैरकानूनी ऋण लिएको पुष्टि भएको छ’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवं एआईजी दीपक थापाले भने, ‘उनीहरुले गरेका कयौं काम कारवाहीबाट कम्पनी ऐन, २०६३ का विभिन्न प्रावधान उल्लंघन भएका छन् । ब्यूरोबाट खटिएको टोली सहितको अनुसन्धान अधिकृतहरुको टिमले एकमुष्ट रुपमा यो विषय हेर्न खोजेका छौं ।’

प्रकाशित मिति : २०८१, १२ कार्तिक सोमबार  ८ : ४२ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका