२०८२, २९ कार्तिक शनिबार

सहकारीबाट ऋण लिँदा गोर्खा मिडियाद्धारा कम्पनी कानुनको समेत उल्लंघन

सहकारीबाट ऋण लिँदा गोर्खा मिडियाद्धारा कम्पनी कानुनको समेत उल्लंघन


काठमाडौं: पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका आधारभूत मूल्यमान्यता समेत पालना नगरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

कास्की प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट सूर्यदर्शन सहकारीको बचत रकम सोझै र विभिन्न व्यक्तिका नाममा गएको थियो । सहकारीको रकम स्विकार्ने क्रममा गोर्खा मिडियाका सञ्चालकहरुले कुनै पनि प्रक्रिया पुरा नगरेको भेटिएको हो । कुनैपनि कम्पनीहरुले आफ्नो योजना देखाएर त्यसैलाई धितो मानी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने चलन हुन्छ, जसलाई प्रोजेक्ट लोन(परियोजना ऋण) भनिन्छ ।

‘यो घटनामा सहकारी ऐनकै दायरामा सीमित भई अभियोजन गर्ने अवस्था रहेन । परियोजनालाई नै देखाएर सहकारीबाट गैरकानूनी ऋण लिएको पुष्टि भएको छ’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवं एआईजी दीपक थापाले भने, ‘उनीहरुले गरेका कयौं काम कारवाहीबाट कम्पनी ऐन, २०६३ का विभिन्न प्रावधान उल्लंघन भएका छन् । ब्यूरोबाट खटिएको टोली सहितको अनुसन्धान अधिकृतहरुको टिमले एकमुष्ट रुपमा यो विषय हेर्न खोजेका छौं ।’

प्रकाशित मिति : २०८१, १२ कार्तिक सोमबार  ८ : ४२ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर