२०८३, २५ जेष्ठ मंगलबार

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !


सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।
सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता प्रदान गर्नुभएको हो ।
२०६२ सालमा जन्मिएकी सुनिता ६ महिनापछि अपाङ भइन् कि भन्ने शंका लागेको थियो, नभन्दै त्यस्तै भयो, सुनिताकी बुबा चेतवहादुर तामाङले बताए । मेरी छोरीले घरमै नेपाली नागरिकता पाउँछिन् भन्ने लागेको थिएन, तर वडाध्यक्षको सहयोगका कारणले अहिले घरमैं नागरिकता प्राप्तभयो, उनले खुशीहुँदै भने ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फूयाँलको सहयोगी भूमिकाका कारण तीनपाटन गाउँपालिकामै पहिलो पटक घरमै नागरिकता प्राप्त गर्ने सुनिता पहिलो अपाङ्ग किशोरी भएको वडाध्यक्ष तामाङले बताए । जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट अकिृत प्रवीण कटुवालले सो कार्यका लागि खटिएका थिए ।

प्रकाशित मिति : २०८१, १० कार्तिक शनिबार  ८ : १५ बजे

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ