२०८२, ३१ असार मंगलबार

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !


सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।
सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता प्रदान गर्नुभएको हो ।
२०६२ सालमा जन्मिएकी सुनिता ६ महिनापछि अपाङ भइन् कि भन्ने शंका लागेको थियो, नभन्दै त्यस्तै भयो, सुनिताकी बुबा चेतवहादुर तामाङले बताए । मेरी छोरीले घरमै नेपाली नागरिकता पाउँछिन् भन्ने लागेको थिएन, तर वडाध्यक्षको सहयोगका कारणले अहिले घरमैं नागरिकता प्राप्तभयो, उनले खुशीहुँदै भने ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फूयाँलको सहयोगी भूमिकाका कारण तीनपाटन गाउँपालिकामै पहिलो पटक घरमै नागरिकता प्राप्त गर्ने सुनिता पहिलो अपाङ्ग किशोरी भएको वडाध्यक्ष तामाङले बताए । जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट अकिृत प्रवीण कटुवालले सो कार्यका लागि खटिएका थिए ।

प्रकाशित मिति : २०८१, १० कार्तिक शनिबार  ८ : १५ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे