२०८२, २९ पुस मंगलबार

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निरिक्षणपछि गरे सो पुल उद्घाटन


खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि आएको बाढी र पहिरोले सुनकोसी नदीको बेलिब्रिजमा यातायात सुचारु हुँदैछ । रोशी र सुनकोशी नदीले सिन्धुली रामेछाप जोड्ने पुल बगाएपछि झण्डै तीनसाता भन्दा बढी समयदेखि यातायात सम्पर्क टुटेको थियो भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निरिक्षणपछि सो पछि पुल उद्घाटन गरेर सञ्चालन गर्नुभएको छ ।
मन्थली नगरपालिकाले एक कार्यक्रमको आयोजनागरी मन्त्री दाहाल मार्फत सो पुलमा यातायात सुचारु गरेको हो । सो पुल तयार पार्न र भत्केको बिपी राजमार्ग क्षेत्रमा बैकल्पिक मार्ग खोलेर यातायात सञ्चालन एमालेका केन्द्रीय नेता देखी जिल्ला तहका नेताहरु लागि परेका थिए ।

भारवहन क्षमता जाँच सफलता पूर्वक सम्पन्न भएपछि बेलिब्रिजबाट यातायात सञ्चालन गर्न लागिएको हो । बाढीले सुनकोशीको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो । बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको भौतिक मन्त्रालयका अधिकारीहरुले बताएका थिए । मन्त्री दाहाल खुर्कोटबाट रामेछाप, दोलखा हुँदै काठमाडौ फर्कने तयारीमा हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१, ६ कार्तिक मंगलबार  १० : २९ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र