२०८२, १७ पुस बिहीबार

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

नेपाली सेनाले निर्माण गरेको उक्त पुलको मन्त्री दाहालले शिलान्यास गर्नु हुने


सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको स्थल सम्पर्क आज मंगलवारबाट सुचारु हुँदैछ । एक औपचारिक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सुनकोशी नदीमा बनाइएको बेलिब्रिजको उद्घाटन गदै हुनुहुन्छ । सो कार्यक्रमको आयोजना रामेछापले गरेको हो ।
बिहान १० बजे खुर्कोटमा आयोजित कार्यक्रमका बीच नेपाली सेनाले निर्माण गरेको उक्त पुलको मन्त्री दाहालले उद्घाटन गर्नु हुने सचिवालयले जनाएको छ । गएको असोज ११ र १२ गतेको सुनकोशी र रोशी नदीमा आएको बाढीले उक्त पुलको रामेछाप तर्फको स्पान बगाएपछि सिन्धुली रामेछापको सम्पर्क टुटेको थियो ।

भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न गरिएको र अहिले यात्रीहरूलाई कामको समय मिलाएर सेनाले पुलबाटै वारपार गर्न दिइएको छ । ‘बेलिब्रिजमा केही नटहरु कस्न बाँकी थियो, त्यो पनि सकियो,’ पुल निर्माणमा १४ नम्बर वाहिनी खटिएको थियो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ को बेतिनी जोड्ने १० वर्षअघि बनेको सुनकोशी नदीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।
विपि राजमार्ग अन्र्तगतको राजधानी जोड्ने सडकको विभिन्न भागमा क्षति पुगेपछि दशैं अगाडिनैं यातायात सुचारु गराउन एमालेका केन्द्रीय नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधारमन्त्रीलाई पटक पटक भेटेर दबाब दिंदै आएका थिए भने केही नेता कार्यकर्ताहरु बन्द सडक खुलाउन फिल्डमैं खटिएको एमाले प्रचार विभाग प्रमुख कर्ण घिसिङले खबरघरसँगको कुराकानीमा बताउनुभयो ।

प्रकाशित मिति : २०८१, ५ कार्तिक सोमबार  ८ : ४२ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण