२०८२, १६ असार सोमबार

अभिषेकलाई रजत

अभिषेकलाई रजत


काठमाडौं । नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् ।
इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित भए ।

फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् । अध्यक्ष खड्गीका अनुसार २६ राष्ट्रको सहभागिता रहेको यो जि टु ¥याङकिङ प्रतियोगिता हो । प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । अभिषेकसंगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् । ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने ।
पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी छन् ।
टोलीलाई प्रोत्साहन स्वरुप काठमाडौं जिल्ला तेक्वान्दो संघले पोशाक प्रदान गरेको थियो । जिल्ला संघले जि १ ¥याङकिङदेखि माथिका तेक्वान्दो प्रतियोगितामा सहभागी हुने टोलीलाई पशोक प्रदान गर्ने गरेको अध्यक्ष खड्गीले जानकारी गराए । सरोज, अनिश र देवराज बाहेकको टोली ताइपेई सिटी कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

प्रतियोगिता अक्टोबर २४ देखि २७ तारिखसम्म ताइपेईंमा हुनेछ ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार  १ : ५१ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको