२०८२, २८ असार शनिबार

बीपी राजमार्गमा सुख्खा पहिरो : सवारी साधनमा क्षति, यात्रा नगर्न आग्रह

बीपी राजमार्गमा सुख्खा पहिरो : सवारी साधनमा क्षति, यात्रा नगर्न आग्रह


काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने भनिए पनि सख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका थिए ।
तर शनिबार राजमार्गको रोशी गाउँपालिका–११ बुलढुङ्गामा सुख्ख पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । राजमार्ग शनिबार विहानबाट एकतर्फी सुचारु भएकोमा पुनः अबरुद्ध भएको छ।
यस्तै सुख्खा पहिरोले बाटो खुलाउन प्रयोग गरिएको एउटा जेसीबीमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ ।
त्यस्तै खोटाङबाट काठमाण्डौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको जनाएको छ।
काभ्रे प्रहरीले एक सूचना जारी गर्दै राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्च िसडक खण्ड र रोशी गापा–११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरीरहेकोले तत्काल दुईतर्फी सडक अवरोध भएकाले यात्रा नगर्न अनुरोध गरेको छ ।
असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : २०८१, २५ आश्विन शुक्रबार  १२ : ३५ बजे

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल

नाडा अटो शो २०२५ मा विशेष आकर्षण बन्दै ‘नामी ०६’, बेस्ट–सेलर बन्ने सम्भावना कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा ब्यापक चर्चा बटुलिरहेको चिनियाँ विद्युतीय

राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक