२०८२, १५ पुस मंगलबार

उद्धार र राहतमा समन्वय गरेर जुट्न एमालेका कार्यवाहक अध्यक्ष पोखरेलको आह्वान

उद्धार र राहतमा समन्वय गरेर जुट्न एमालेका कार्यवाहक अध्यक्ष पोखरेलको आह्वान


काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बाढी पहिरोका कारण समस्यामा परेका जनताको उद्धार र राहतमा सरकारी संयन्त्रसँगै समन्वय गरेर जुट्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।

कार्यवाहक अध्यक्ष पोखरेलले शनिवार साँझ वक्तव्य जारी गर्दै सरकारका सबै निकायको समन्वयात्मक परिचालन गर्न आग्रह समेत गर्नुभएको छ । पोखरेलले एमालेका सबै तहका कमिटी,जनप्रतिनिधि र जन वर्गीय संगठनहरुलाई समन्वयात्मकता परिचालित हुन निर्देशन दिनुभएको छ ।

पोखरेलले अन्य राजनीतिक दलका साथै सामाजिक संघ संस्थाहरुलाई पनि राहत तथा उद्धारमा परिचालित हुन अनुरोध गर्नुभएको छ । घाइतेको उपचार र बेपत्ताहरूको अविलम्ब खोजी कार्य गर्न पोखरेलले सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ७ : ०६ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा