२०८१, १ चैत्र शनिबार

१५ प्रकारका स्याउ उत्पादन हुने नेपालमा ९० प्रतिशत विदेशबाट आयात

१५ प्रकारका स्याउ उत्पादन हुने नेपालमा ९० प्रतिशत विदेशबाट आयात


काठमाडौं । नेपालमा १५ भेराइटी(प्रकार)का स्याउ उत्पादन हुने गरेको पाइएको छ । स्याउ व्यवसायीहरुका अनुसार नेपालमा चारपाँच किसिमका स्याउ मात्र उत्पादन हुने गरेको बताइएपनि हाल १५ प्रकारका उत्पादन भइरहेको हो ।
कर्णालीका हुम्ला, जुम्लालगायत, मनाङ, मुस्ताङ, बाजुरा, जाजरकोटमा स्याउ उत्पादन बढी हुने गरेको छ । किसान भेन्चरका प्रमुख राजेश कार्कीका अनुसार नेपालमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेन्ट्स, जोनाथन, फुजी, भान्स डेलिसियस, रेड गोल्ड, रेड चिफ, रेड स्पर, वेल स्पर जातका स्याउ उत्पादन हुन्छन् ।
‘मध्यम चिसोमा क्रिस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन जातका स्याउन उत्पादन हुन्छ । कम चिसोमा अन्ना, भेरिड, ट्रपिकल ब्युटी जातका स्याउ उत्पादन भइरहेको छ । तर चारपाँच किसिमका मात्र उत्पादन हुने भनेर प्रचार गरिनु दुखद हो,’ प्रमुख कार्कीले भने । नेपालकै उत्पादनले बजार धान्न सक्नेभएपनि सरकारले त्यसलाई महत्व नदिएको उनको बुझाइ छ ।
नेपाली बजारमा स्वदेशी उत्पादन पुग्न नसकेको उनले बताए । जुम्लाका किसान रामसिंह रावलका अनुसार सरकारले स्याउलाई प्राथमिकता नदिएको र कोल्ड स्टोर निर्माणमा ध्यान दिन सकेको छैन ।
‘चाडपर्वको समयमा हामीले नेपाली स्याउलाई काठमाडौंलगायत देशका मुख्य शहरमा पुर्याउने गरेको भएपनि धुवानीका कारण व्यवसायी मारमा पर्ने गरेका छन् । हुम्लामा २० रुपैंयाँ किलोमा पाइने स्याउ काठमाडौं पुर्याउन मात्र ८० रुपैंयाँ खर्च गर्नुपरेको छ । हुम्लाको अवस्था पनि उस्तै छ,’ रावलले भने ।
धुवानीको अभावमा सयौं किलो स्याउ कुहिने गरेको र गाइबस्तुले पनि नखाने गरेको उनले बताए । नेपाली बजारमा प्रतिदिन दुई करोड ३० लाख रुपैयाँभन्दा बढीको स्याउ बिक्री भइरहेको छ । नेपालमा स्याउ पर्याप्त उत्पादन भए पनि ९० प्रतिशत चीन र भारतबाट आयात भइरहेको पाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  १ : ५० बजे

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी