२०८३, ४ कार्तिक बुधबार

सरकारले पर्यटन अनुकुल वातावरण बनाउन नसकेको मन्त्रीको गुनासो

सरकारले पर्यटन अनुकुल वातावरण बनाउन नसकेको मन्त्रीको गुनासो


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पर्यटन वर्षलाई सरकारले अनुकुल वातावरणमा बनाउन नसकेको बताएका छन् ।

शुक्रबार ज्वेलरी एक्सपो २०२४ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाल पर्यटनको  एउटा महत्वपूर्ण  गन्तव्य भएपनि सरकारले उच्च प्राथमिकताका साथ पर्यटन वर्षलाई मनाउन नसकेको बताएका हुन् । उनले भने, ‘नेपाल पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य हो । यसमा सरकारले उच्च प्राथमिकताका साथ हरेक वर्षलाई पर्यटन वर्षको रुपमा मनाउने तर त्यसका लागि वातावरण अनुकुलन बनाउन सकेको छैन । यस्तो प्रतिकुलतालाई हामीले अनुकुलतामा बदल्न पर्नेछ । पर्यटनको गन्तव्य बनाउनुपर्ने छ । व्यवसायिकता, आइटी, ऊर्जा, एग्रिकल्चर क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर आन्तरिक र  बाह्य लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयत्नशिल हुनुपर्छ ।

’ साथै उनले उत्पादन र उद्यमशिलता जस्ता हरेक कुराहरु सरकारको प्राथमिकतामा रहेको बताए । उनले नेपालका युवा र महिलाहरुको उद्यमशिलता र व्यवसायिकताको लागि नविकतम सोच र चिन्तनलाई सरकारले सम्बोधन गर्न खोजेको बताए ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  १ : ३५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा