२०८३, १८ जेष्ठ मंगलबार

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च


काठमाडौं ।  नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। बिहीबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँ पुगेको छ।  बुधबार सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  १२ : ३३ बजे

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ

सुर्खेतमा ‘शिव इम्पोरियम’मा छापा : तीन करोड सुनसहित व्यापारी अग्रवाल पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा स्रोत नखुलेको ठूलो परिमाणको सुन–चाँदीसहित एक व्यापारी

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु, सदन चल्ने-नचल्ने अन्योल

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची

आज मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको अभिव्यक्ति मुद्दा बन्ने कि नबन्ने ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले आज दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद्

भाजपा मुख्यालयमा आज रवि लामिछाने, अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका