२०८३, १६ श्रावण आईतबार

दयाहाङले सके चलचित्र ‘अञ्जिला’को डबिङ

दयाहाङले सके चलचित्र ‘अञ्जिला’को डबिङ


काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ । व्यस्त समय तालिकाबीच अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गरेका हुन् ।

चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ ।

चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निभाएका छन् ।

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो । चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ ।

निर्देशक चाम्सका अनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ । उनका अनुसार यो चलचित्र एञ्जिलाको पूर्ण बायोपिक भने होइन, तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ ।

चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता छन् । विनोद सुवेदी खत्रीले चलचित्रको निर्माण नियन्त्रकको भूमिका निभाएका छन् ।

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  १२ : २४ बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली