२०८३, ९ कार्तिक सोमबार

‘केन्द्रीय तथ्यांक कार्यालयको सर्वेलाई आधारशिला बनाएर राष्ट्र बैंक अगाडि बढ्छ’

‘केन्द्रीय तथ्यांक कार्यालयको सर्वेलाई आधारशिला बनाएर राष्ट्र बैंक अगाडि बढ्छ’


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति निर्माण गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन् ।

बुधबार उपभोक्ता मूल्य सुचाङ्क सार्वजनिक सम्बन्धमा छलफल एवं पत्रकार सम्मेलनमा उनले केन्द्रीय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको बताए ।
उनले भने,‘राष्ट्र बैंकलाई धेरै आरोप लाग्ने गरेको छ मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति बनाउछ, आफै लक्ष्य राख्छ, आफै मुद्रा संकलन गर्छ, आफै वस्तु निर्धारण गर्छ, आफै सर्वे गर्छ भन्ने, तर अहिले त्यो सबै कार्य केन्द्रीय तथ्यांक कार्यालयले गरेको जुन सर्वे छ त्यो सर्वेलाई टेकेर काम गरिरहेका छौ । त्यही सर्वेलाई टेकेर यो आधारशिला बनाएर यो वर्ष ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको छ ।’

उनले मूल्य सुचाङ्क सार्वजनिकमा कनि ढिलाई भन्ने प्रश्न धेरैले गरेको भन्दै रफ तथ्याङ्क सार्वजनिक गर्दा विश्वासनियतामाथि नै प्रश्न उठ्ने भएकाले समय लगाएर भएपनि सहि तथ्याङ्क सार्वजनिक गरेको बताएका हुन् । उनले भने,‘धेरै ले प्रश्न गरिहनु भएको थियो । किन एक महिना मूल्य सुचाङ्क सार्वजनिक गर्न ढिलो गर्नुभयो भनेर । एक महिना ढिलो नगरी हाम्रो तथ्याङ्क नै आउदैन् । रफ तथ्याङ्क हामीले सार्वजनिक गर्न थाल्यौं भने त त्यो फेरि विश्वासनियता हुँदैन् । त्यसले थप हाम्रो विश्वासनियतामा नै प्रश्न उठ्छ । त्यसैले अलिकति ढिलो गरेर भएपनि सहि तथ्याङ्क नै ल्याउनुपर्छ ।’

हामीले गर्न खोजेको कतिपयहरु सबै पूर्ण हुँदैन् ।अहिलेको प्रकृता एकदमै सफा छ । आत्माविश्वास कुनै पनि परिवर्तनका लागि बटुल्न निकै काम गरिराख्दा कुनै पनि पक्रियामा आत्माविश्वास बटुल्न एकदमै अप्ठ्यारो हुन्छ ।

प्रकाशित मिति : २०८१, ९ आश्विन बुधबार  ४ : ११ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर