२०८२, ३० फाल्गुन आईतबार

अध्यागमनको ‘इमेज’ सुधार आवश्यक : गृहमन्त्री

अध्यागमनको ‘इमेज’ सुधार आवश्यक : गृहमन्त्री


काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुदै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य हुने बताए ।
विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्र्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
‘अन्र्तराष्ट्रिय विमानस्थल देशको ऐना हो ।आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’ गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।
सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : २०८१, ९ आश्विन बुधबार  ३ : ३५ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी

रास्वपाले भन्यो-समानुपातिक सूची आज बुझाउने, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक सांसद